च्याम्पियन्स लिगमा म्यान्चेस्टर सिटीको लगातार दोश्रो जित

काठमाडौं, १२ कात्तिक : च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूह चरणको दोश्रो खेलमा म्यान्चेस्टर सिटीले सहज जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा मार्सेलीलाई ३-० गोल अन्तरले हराउँदै सिटीले लिगमा लगातार दोश्रो जित निकालेको हो ।

मार्सेलीको घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन फेरान टोरेस, लिक्या गुन्डोगन र रहेम स्ट्रलिङ एक-एक गोल गरे । उता मार्सेलीका लागि घरेलु मैदानमा कुनै पनि खेलाडीले गोल गर्न सकेनन् ।

खेलको १८औं मिनेटमा सिटीका लागि फरान टोरेसले गोल गर्दै टिमलाई १-० गोलको अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको सिटीले दोस्रो हाफमा थप एक गोल गर्न सफल भएको हो ।

खेलको ७६औं मिनेटमा गुन्डोगनले गोल गर्दै सिटीलाई २-० गोलको अग्रता दिलाए । ८१औं मिनेटमा स्ट्रलिङले गोल गर्दै सिटीलाई ३-० गोलको जित दिलाए ।

जितसँगै समूह सीमा रहेको सिटीले दुई खेलबाट ६ अंक जोडेको छ । सिटी तालिकाको शीर्ष स्थानमा छ । पराजित मार्सेली तालिकाको पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.