स्पेनिस ला लिगाको बहुचर्चित ‘एल क्लासिको’ भिडन्त आज, कसले मार्ला बाजी ?

काठमाडौं, कात्तिक : स्पेनिस ला लिगा फुटबलको बहुचर्चित एल क्लासिको भिडन्त आज हुँदैछ ।

सिजनको पहिलो एल क्लासिको भिडन्तमा बार्सिलोनाले घरेलु मैदानमा रियल मड्रिडलाई आथित्यमा प्रदान गर्दैछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति ७ :४५ बजे सुरु हुनेछ ।

गत सिजनको च्याम्पियन्स लिगमा पावर सिफ्ट देखियो, म्यानचेस्टर सिटीले रियल म्याड्रिडलाई अन्तिम १६ मा हरायो भने बार्यन म्युनिखले बार्सिलोनालाई धुलो चटायो । अब, जतिबेला बार्सिलोनाले क्याम्प नाऊमा रियल म्याड्रिडको स्वागत गर्छ, तब केही प्रत्यक्षदर्शीहरु सुन्दर  खेलको मिठो स्वादको अपेक्षा गरिरहेका छैनन् ।

क्याम्प नाउमा दुबै टिम सिजनको पहिलो एल क्लासिको आफ्नो बनाउने लक्ष्यमा हुने छन् ।

नयाँ सिजन दुबै टिम लय समात्न असफल रहेका छन् । तर, पहिलो एल क्लासिको जित्दै दुई टिम आफ्नो उपाधि दाबेदारलाई अघि बढाउँन चाहन्छ ।

जिनेदिन जिदानको नेतृत्वमा रहेको रियल ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

जिदानको टिम रियलले पछिल्लो दुई खेलमा लगातार हार व्यहोरेको छ । गत साता ला लिगामा नवप्रवेशी काडिजसँग पराजित हुँदा च्याम्पियन्स लिगमा रियल शाख्तरसँग पराजित भएको थियो ।

जसको कारण जिदानको पद समेत धरापमा परेको छ । तर, बार्सिलोनासँगको खेल जित्दै जिदान आफ्नो आलोचकको मुख टाल्न चाहन्छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.