नारामा नयाँ कार्यसमिति चयन

काठमाडौँ, १८ जेठ : देशभरका राफ्टिङ्ग व्यवसायीहरुको संस्था नेपाल एसोशिएसन अफ राफ्टिङ्ग एजेन्सिज (नारा) ले शिव अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

राजधानीमा आज सम्पन्न राफ्टिङ्ग व्यवसायीहरुको ३३ औँ वार्षिक साधारण सभा तथा निर्वाचनमा मेघ बहादुर आले र शिव अधिकारीको उम्मेदवारी परे पनि सहमतीमा अधिकारी अध्यक्षमा चयन हुनुभएको हो ।

अन्य सबै पदमा भने निर्विरोध चयन भएका छन । जस अनुसार उपाध्यक्षमा शिशिर खनाल, महासचिवमा नारायण श्रेष्ठ, सचिवमा राजु खड्का, कोषाध्यक्ष्यमा राजेन्द्र थपलिया, सह-कोषाध्यक्ष्यमा इन्दुदेवी वाग्ले र सदस्यहरुमा मदन ढकाल र महेन्द्र श्रेष्ठ रहेका छन । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आजै प्रमाणपत्र वितरण तथा सपथ ग्रहण गराइएको छ ।

वार्षिक साधारण सभालाई सम्बोधन गर्दै पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले पर्यटन क्षेत्रमा देखिएका समस्या सरोकारवालाहरुसँग छलफल गरेर समाधान गर्न सकिने बताउनु भयो भने पर्यटन क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले वार्षिक साधारण सभाको सफलताको शुभकामकना दिदै सक्षम नेतृत्व चयन हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2023. All Rights Reserved.