जोकोभिक सेमिफाइनल प्रवेश

न्यूयोर्क, २१ भदौ : दुई पटक युएस ओपन जितिसकेका नोभाक जोकोभिकले ५५औं वरियताका जोन मिल्म्यानलाई पराजित गरी युएस ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा उनको प्रतिस्पर्धा केई निशिकोरीसँग हुनेछ ।

सर्बियाली खेलाडी नोभाकले मिल्म्यानलाई ६–३, ६–४, ६–४ को सोझो सेटमा पराजित गरेका थिए । मिल्म्यानले पाँच पटकका युएस ओपन च्याम्पियन रोजर फेडररलाई पराजित गरेर चर्चामा आएका थिए ।

तेह्रवटा ग्रान्डस्लाम जितिसकेका नोभाकले विगत ५४ हप्तादेखि कुनै पनि महत्वपूर्ण प्रतियोगिता जितेका छैनन् । यसअघि नोभाकले युएस ओपनको उपाधि सन् २०११ र २०१५ मा जितेका थिए ।

यस्तै, २१औं वरियताका केई निशिकोरीले मारिन सिलिकलाई २–६, ६–४, ७–६, ४–६, ६–४ को सेटमा पराजित गरी सेमिफाइनलमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2023. All Rights Reserved.