क्रिकेटः दक्षिण अफ्रिकाको सुदृढ प्रदर्शन 

विशाखापटनम, १७ असोज : भारत र दक्षिण अफ्रिकाबीच भारतमा जारी पहिलो टेस्ट क्रिकेटको तेस्रो दिनको खेल समाप्त हुँदा दक्षिण अफ्रिकाले सुदृढ प्रदर्शन गरेको छ ।

दक्षिण अफ्रिकाले तेस्रो दिनको अन्त्यसम्ममा ८ विकेट गुमाएर ३८५ रन बनाएको छ । यद्यपी भारतले पहिलो इनिङमा ७ विकेटको क्षतिमा ५०२ रन बनाई पाली समाप्तिको घोषणा गरेको थियो । दक्षिण अफ्रिका अझै पनि ११७ रनले पछाडि नै रहेको छ, र उसको २ विकेट मात्र बाँकी छ ।

भारतले प्रस्तुत गरेको विशाल रनका कारण निकै दबाबमा परेको दक्षिण अफ्रिकाका लागि ब्याट्सम्यान डिन एल्गरले व्यक्तिगत १६० र क्वीन्टन डी ककले १११ रन बनाएर खेललाई रोचक बनाएका छन् । यी दुबै ब्याट्सम्यानका कारण दक्षिण अफ्रिका सम्मानजनक स्कोर खडा गर्न सकेको थियो । कप्तान फाफ डु प्लेसिसले ५५ रनको योगदान गरे ।

भारतका तर्फबाट रवीचन्द्रन अश्विनले सर्वाधिक पाँच विकेट र रविन्द्र जडेजाले २ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.