धनगढी प्रिमियर लिग क्रिकेट फागुनमा

काठमाडौँ, १६ असोज : सर्वाधिक पुरस्कार राशि भएको धनगढी प्रिमियर लिग (डिपिएल) को चौथो संस्करण आगामी फागुनमा आयोजना हुने भएको छ ।

धनगढी क्रिकेट एकेडेमीको आयोजना तथा राष्ट्रिय खेलकूद परिषद् (राखेप) र नेपाल क्रिकेट सङ्घको समन्वयमा हुने उक्त प्रतियोगिता आगामी फागुन ३ देखि १५ गतेसम्म संचालन हुने आयोजकका अध्यक्ष सुवास शाहीले जानकारी दिनुभयो ।

विभिन्न छ शहरका छ फ्रेन्चाइज टोलीको सहभागिता रहने उक्त प्रतियोगिताको खेल धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ । अघिल्लो संस्करणको उपाधि सिवाइसी अत्तरियाले हात पारको थियो । त्यति बेलाको विजेता टोलीले रु ३० लाख पुरस्कार पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.