भारत–अफ्रिका टेस्टः मयन्क र शर्माको शतक

विशाखापट्नम, १६ असोज : भारत र दक्षिण अफ्रिकाबीचको पहिलो टेस्ट क्रिकेटमा भारतीय प्रारम्भिक ब्याट्सम्यान मयन्क अग्रवालले शतक प्रहार गरेका छन् । बुधबार शुरु भएको तर वर्षाले प्रभावित यस टेस्टमा अफ्रिकी बलरमाथि दुबै प्रारम्भिक ब्याट्सम्यान हाबी भएका छन् ।

वर्षाका कारण बुधबार तेस्रो सत्र खेल हुन सकेको थिएन । बुधबारको खेलमा भारतले बिना क्षति २०२ रन बनाएको थियो ।

पाँचौं टेस्ट खेल्दै गरेका मयन्क अग्रवालको यो व्यक्तिगत पहिले शतक हो । बुधबार नै अर्का प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले पनि शतक प्रहार गरेका थिए । शर्मा व्यक्तिगत १७६ रन बनाएर केशव महाराजको बलमा आउट भएका छन् ।

मयन्क भने १४५ रन बनाएर खेलिरहेका छन् ।

भारतले ९४ ओभरमा २ विकेट गुमाएर ३४० रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.