घलानको टिमलाइ पराजित गर्दै राठोरको टिम विजयी

काठमाडौं , १९ असोज : टोखामा सम्पन्न ब्याडमिन्टन प्रतियोगितामा विजय घलानको टिमलाइ पराजित गर्दै कमल सिङ्ग राठोरको टिम विजयी भएको छ ।

टोखा नगरपालिकाको सहयोग र मनकामना युवा क्लवको आयोजनामा टोखा नगरपालिका ६ स्थित मनकामना हलमा सम्पन्न उक्त खेलमा बिजेता टिमलाई रु पचिस हजार पाँच सय र उप बिजेता टिमलाइ पन्ध्र हजार पाँच सय नगद प्रदान गरिएको छ । प्रतियोगितामा १२ टिम सहभागी थिए ।

मनकामना युवा क्लवका अध्यक्ष योगेश बाबू भेटवालका अनुसार प्रथम हुने टिमका कमल सिङ्ग राठोर, ठाकुर चौधरी त्यसैगरी दोश्रो हुने टिमका विजय घलान र बाबुराम पौडेललाइ पुरस्कार बितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.