फोटो पत्रकार वन्तको ‘परदेशीको कर्म’ म्यूजिक भिडियो सार्वजनिक   

सिजन इन्टरटेन्मेन्टद्वारा निमार्ण गरिएको नमराज घिमिरे तथा गायक विनोद सुनुवारको परदेशिको कर्म नामक म्यूजिक भिडियोको विमोचन गर्दै नायक आकाश अधिकारीलगयात । तस्बिर: चन्द्रकला क्षेत्री

काठमाडौँ, २१ कात्तिक : गीतकार नवराज घिमिरे तथा सिजन इन्टरटेन्मेन्टद्वारा पहिलो पटक निर्माण गरिएको ‘परदेशीको कर्म’ नामक म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । फोटो पत्रकारितामा लामो समयदेखि क्रियाशील प्रदीपराज वन्त अभिनित सो म्यूजिक भिडियोको कलाकार तथा निर्देशक आकाश अधिकारी, वरिष्ठ सौन्दयकर्मी सीता न्यौपाने पाठक र वरिष्ठ कर्पोरेट सेफ कुमार चालिसेलगायतले संयुक्त रुपमा विमोचन गर्नुभयो ।

गायक विनोद दनुवारले स्वर दिनुभएको सो म्यूजिक भिडियोमा फोटो पत्रकार वन्त र मोडल तथा जुम्ब प्रशिक्षक सोनाम केसीको अभिनय छ । भिडियोमा नवीनबाबु गुरुङको निर्देशन तथा छायाङ्कन छ । सहायक निर्देशन रेजिना तुलाधर र सम्पादन नवीन निरौलाको छ ।

राससमा कार्यरत वन्तले लामो समयदेखि आफूलाई व्यावसायिक एवं दक्ष फोटो पत्रकारका रुपमा स्थापित गर्दै मोडलिङमा पनि प्रवेश गरेको बताउनुभयो । प्रतियोगितात्मक विभिन्न कार्यक्रम श्रृङ्खला चलाउने वन्त सिजन मिडियाका प्रबन्ध निर्देशक हुनुहुन्छ भने फोटो पत्रकारिताका विभिन्न संस्था स्थापना, पत्रकारको हकहित र अधिकारका लागि क्रियाशील हुनुहुन्छ । कलाक्षेत्रमा केही योगदान गर्न सक्छु भन्ने मान्यताले आफू यस क्षेत्रमा आएको म्यूजिक भिडियोका मोडल वन्तले जानकारी दिनुभयो ।

“फोटो पत्रकारिता पनि कलाको एउटा रुप हो, त्यसैले आफूलाई डो¥याएर यता ल्याएको छ, नेपाली शैलीका गीत र सङ्गीतलाई प्रश्रय दिन चाहन्छु”, उहाँले भन्नुभयो । उक्त कार्यक्रममा सिजन मिडियाद्वारा लकडाउनमा आयोजना गरिएको मिसेस नेपाल लकडाउन ट्यालेन्टहन्टका विजेतालाई ताज लगाउनाका साथै पुरस्कार वितरण पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.