‘गाउँमै मनाऔँ दशैंँतिहार’ सार्वजनिक 

काठमाडौँ, २१ असोज : लोकगायक राजु परियार र शान्ता कार्कीका स्वरमा “गाउँमै मनाऔँ दशैंँतिहार” गीति भिडियो सार्वजनिक गरिएको छ । चाडपर्व नजिकिँदै गर्दा गीतका माध्यमबाट सुखदुःख आदानप्रदान गर्न रचना गरिएको गीतका रचयिता जीवन प्याकुरेलले बताउनुभयो । “मनका कुराहरु व्यक्त गर्ने बलियो माध्यम गीत हो”, उहाँले भन्नुभयो ।

रिमेशकुमार थापाले निर्माण गरेको भिडियोको गीतमा लयसङ्गीत रिमेशकुमार, सङ्गीत संयोजन विजय थापा र मिक्सिङ/मास्टरिङ कृष्ण बाजुरालीले गर्नुभएको छ । विक्रम चौहानको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा अभिनय टीका जैसी, ध्रुव हिमाली र दिनेश केसी, छायाङ्कन अमन बडु र सम्पादन लक्ष्मण चौहानको छ ।

गीतको भिडियो डिएआर मुभिजको आधिकारिक च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: