अस्मिताको पहिलो गीत ‘सुरुवात’ सार्बजनिक

काठमाडौँ, असोज १८ : विगत ६ वर्ष देखि निरन्तर संगीत साधनामा लगिरहेकी गायिका अस्मिता परियारको स्वरमा ‘सुरुवात’ बोलको गीत युट्युबमा सार्बजनिक गरिएको छ । प्रतिमा श्रेष्ठको शब्द रचना रहेको गीतमा अनिल शाहीको संगीत तथा संगीत संयोजन रहेको छ । गीतका शब्दहरुले प्रेमको अभिव्यक्ति प्रकट गरेको छ । गीत ब्लुबेरी स्टुडियोमा रेकर्ड गरिएको हो ।

ट्री इन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत रिलिज गरिएको गीतको भिडियोमा अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन र शान थापाको निर्देशन रहेको छ ।
नेपाली संगीत क्षेत्रमा एउटा आशालाग्दो प्रतिभाको रुपमा उदाएकी अस्मिता परियारले ललित कला नेपाल एकेडेमीमा संगितको अध्ययन  गर्दै छिन् । उनले अर्जुन पोखरेल, संगीता राणा प्रधान र लावणी चक्रवर्तीसंग पनि शास्त्रीय संगीत सिकिरहेकी छिन् ।
https://www.youtube.com/watch?v=FOq-rRYx_UE
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: