‘निष्ठुरी’ बोलको गीत युट्युवबाट सार्वजनिक

काठमाडौँ, १० असोज : गायक शिव परियारको आवाज तथा सञ्चारकर्मी रवि अधिकारीको शब्द रहेको ‘निष्ठुरी’ बोलको नयाँ गीत आज सार्वजनिक गरिएको छ ।

शशान कँडेलले निर्देशन गरेको माया, प्रेम र धोकाको कथा बोकेको उक्त गीत नमस्ते फिल्मीको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा चोखो प्रेमको अर्थ नबुझेकी एक युवती धनको पछि लाग्दा बिछोडिएको कथा समेटिएको अहिलेको समाज सुहाउँदो रहेको रचनाकार रवि अधिकारीले बताउनुभयो । अधिकारी आँसुको अर्थ र आँसुको अर्थ भाग–२ गीतको रचनाकार हुनुहुन्छ ।

गीतमा उत्सव र स्नेहा प्रेमी प्रेमिकाको भूमिकामा देखिएका छन् । स्नेहाको भेट सफल उद्योगपति जनकसँग हुन्छ र उनले उत्सवलाई छोड्छिन् । एक सामान्य युवा उत्सव कालान्तरमा नेपालको सुपरस्टार गायक बन्छ । उता स्नेहाले धनको पछि लाग्दा धोका पाएर पुनः उत्सवको जीवनमा फर्किन खोज्छिन् । तर उत्सवले अस्वीकार गरिदिन्छन् ।

दीपक शर्माले सङ्गीत दिनुभएको उक्त गीतमा रिदम कँडेलले सङ्गीत संयोजन गर्नुभएको छ । गीतको भिडियोमा स्नेहा पौडेल, उत्सव अधिकारी, जनक थपलिया र सुशान्तकुमार श्रेष्ठको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.