बालगायक प्रिन्सको नयाँ गीत ‘बाबा’ सार्वजनिक

काठमाडौँ, ७ भदौ : बालगायक प्रिन्स सिलवालको तेस्रो प्रस्तुति ‘बाबा’ सार्वजनिक गरिएको छ ।

काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक भएको श्रव्यदृष्यसहितको गीत (म्यूजिक भिडियो)मा स्वयं गायक सिलवाल र अभिनेता सरोज खनालले मोडलिङ गर्नुभएको छ ।

गीत सार्वजनिकीकरण कार्यक्रममा अभिनेता खनालले नयाँ पुस्ताका लागि शिक्षाप्रद गीत भएको उल्लेख गर्दै बालबालिकाका लागि बाबुआमाले साथ दिनुपर्नेमा जोड दिनुभयो । उहाँले यो क्षेत्रमा पुस्ता हस्तान्तरण गर्ने परिपाटी नभएकाले हरेकले नयाँ पुस्तालाई सिकाउनुपर्नेमा जोड दिनुभयो ।

पूर्वअर्थमन्त्री तथा गीतकार शङ्करप्रसाद कोइरालाले गीतले बाबु र छोराको सम्बन्धलाई स्पष्टरुपमा देखाएको उल्लेख गर्दै एक महिलाले बाबुका बारेमा गीत लेख्नु ठूलो कुरा भएको बताउनुभयो । उहाँले उक्त गीतले समाज, संस्कृति र इतिहासलाई जोड्दै २०७२ को भूकम्पलाई समेत सम्झाएको बताउनुभयो ।

व्यवसायी केशव पाण्डेले बालबालिकालाई परिवारले अवसर दियो भने प्रतिभा उजागर हुने विश्वास व्यक्त गर्नुभयो । गीतका रचनाकार भवानी अधिकारीले आमाप्रति समर्पित गीत धेरै भए पनि बाबु र छोराका बारेमा कमै गीत रहेको उल्लेख गर्दै गीतमार्फत समाजमा सकारात्मक सन्देश दिने प्रयास गरेको उल्लेख गर्नुभयो ।

बालबालिकालाई बाबुआमाको माया कस्तो हुन्छ भन्ने कुरा जानकारी दिनसके बाबुआमा वृद्धाश्रम जानुपर्ने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो ।

आजै उक्त गीत स्वयं गायक सिलवालको युट्युब च्यानलमार्फत पनि सार्वजनिक गरिएको हो । राजेन्द्र पाण्डेले निर्देशन गर्नुभएको गीत लोकेन्द्र सुब्बाले छायाङ्कन गर्नुभएको हो । निर्मातामा प्रतिभा पाण्डे हुनुहुन्छ भने प्रेम घिमिरेले सङ्गीत दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.