नेपाल–ताइवान एशोसिएशनद्वारा राहत वितरण

काठमाडौँ, २२ असार : नेपाल–ताइवान एशोसिएशनले दृष्टिविहिन नेपाललाई सहयोग उपलब्ध गराएको छ ।

काठमाडौँ महानगरपालिका खुशी वहिल तथा त्यस वरपर क्षेत्रका दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्ने ६० घरपरिवारलाई राहत वितरण गरेको छ । आय आर्जन नभएर दुःख पाएका व्यक्तिलाई प्राथमिकतामा राखेर एशोसिएशनका प्रतिनिधिले सम्बन्धित पक्षलाई प्रत्यक्ष भेट गरी उनीहरुको अवस्था बुझेर राहतस्वरुप चामल, दाल, नुन, तेललगायत खाद्य वस्तु उपलब्ध गराएको छ ।

एशोसिएशनका अध्यक्ष राजु गुरुङ नेतृत्वको कार्य समितिले ताइवानमा बसेर व्यक्तिगत खर्च सङ्कलन गरी स्वदेशमा कोभिड–१९ का कारण अप्ठेरामा परेका केही नागरिकलाई राहत सामग्री उपलब्ध गराइएको कार्यक्रमका संयोजक सुवोधप्रसाद प्रधानले जानकारी दिए । उक्त कार्यक्रमा पन्जा, मास्कलगायतका स्वास्थ्य सामग्री समेत वितरण गरिएको छ ।

यस्तै, ईनरभिजन नेपाल जो एक दृष्टि बिहिन २४ बर्षकी नन्दा सि ठकुरीले अति प्रभावित जिल्ला दैलेख, कलिकोटबाट आमाबाबु नभएको अति आर्थिक रुपले कमजोर बालबालिकाहरुलाई यिनले लालनपालन गर्दै आएकी छिन् ।

आहिले १२ जना बालबालिकाहरुको साथि र बहिनि गरि १५ जना यो संस्थामा छन । यो संस्थाको आयसोत भनेको साथिको तलब, आफुले तरकारी ब्यापार केहि दाताबाट आएको रकमबाट चलिरहेको छ।

धैरे जस्तो समस्या हुने भएपनि आहिले अति नै समस्यामा गुज्रिरहेको र घरभाडा समेत तिर्न नसकिएको, रासनको कमि हुन्दै गएको कारण दाताहरुको सहयोगको पर्खाईमा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.