भेद्भाव उन्मुलन सम्बन्धी प्रतिवेदनमा छलफल हुने

काठमाडौं, २९ भदौ : सरकारले नेपालमा महिला हिंसा विरुद्ध हुने सबै प्रकारको भेद्भाव उन्मुलन सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय समितिमा बुझाइएको प्रतिवेदनमाथि छलफल हुने भएको छ ।

महिला, कानून र विकास मञ्चले विहिबार आयोजना गरेको ‘महिला विरुद्ध हुने सबै प्रकारको भेद्भाव उन्मुलन गर्ने महासन्धी’का मुद्धाहरुको सन्दर्भमा भएको छाँया प्रतिवेदन बारेको छलफलका क्रममा उक्त कुरा जानकारी गराइएको हो ।

सरकारले उक्त प्रतिवेदन २०१७ मा बुझायता पनि राष्ट्र सङ्घीय समितिमा आगामी २०१८ अक्टोवर २३ मा छलफल हुने भएको छ । कार्यक्रममा नेपालका विभिन्न ७० गैरसरकारी संस्थाले बुझाएको प्रतिवेदन, राष्ट्रिय महिला आयोग तथा राष्ट्रिय मानव अधिकार आयोगले छुट्टा छुट्टै बुझाएको छायाँ प्रतिवेदनमाथि २२ गते छलफल हुने भएको हो ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले महिला र पुरुषबीच रहेको भेदभाव हटाउन तीनै तहका सरकारले एक ढिक्का भएर लाग्नुपर्छ भन्नुभयो । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सहसचिव राधिका अर्यालले महिला विरुद्ध हुने सबै प्रकारको भेद्भाव उन्मुलन गर्ने महासन्धीमा सरकारको तर्फबाट देशमा भएका महिलाका विषयलाई समावेश गरी त्यसमा रहेका चुनौति तथा समस्या समाधानका उपाय समेटी बुझाउने जानकारी दिनुभयो ।

सामुदायिक सेवा केन्द्र नेपालका अध्यक्ष तुलसा लता अमात्य, संकल्प नेपालका अध्यक्ष लिली थापा, नारीवादी दलित सङ्गठन (फेडो)का अध्यक्ष अन्जु गुरुङ र मञ्चका अध्यक्ष मीरा ढुङ्गानाले सङ्घीय नेपाललाई संस्थागत गर्न नेपालमा दिगो विकासमा लङ्ैगिक समानताको साथमा भेद्भावमुक्त समाज निर्माण गर्न राज्यका तीनै तहको सहयोग र समन्वय आवश्यक छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2023. All Rights Reserved.