मानवशास्त्री विष्टको ‘भाग्यवाद र विकास’ नेपाली भाषामा प्रकाशित

काठमाडौँ, ४ माघ : वरिष्ठ मानवशास्त्री प्राध्यापक डोरबहादुर विष्टको विश्वप्रसिद्ध कृति ‘फ्याटालिज्म् एण्ड डेभलपमेन्ट’ नेपाली भाषामा प्रकाशित भएको छ ।

वरिष्ठ पत्रकार वसन्त थापाले ‘भाग्यवाद र विकास’ नामदिएर सो पुस्तकलाई नेपालीभाषामा अनुुवाद गर्नुभएको होे । विष्टको ९३औँ जन्मोत्सवको अवसरमा कर्णाली इन्स्टिच्यूूट र त्रिभुवन विश्वविद्यालय, मानशास्त्र तथा समाजशास्त्र केन्द्रीय विभागद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा वरिष्ठ मानवशास्त्री बिहारीकृष्ण श्रेष्ठले सो पुस्तकको सार्वजनिकीकरण गर्नुुभयो ।

पुस्तकमा नेपालको विकासमा असर पार्ने समाजका सांस्कृतिक तथा सामाजिक सङ्गठनका आयाम, मुुलुकको भूू–राजनीतिक अवस्था, यहाँका जात र प्रथा, परिवारिक संरचना र बाल्यकालको सामाजिकीकरण तथा मूल्य प्रणाली एवं व्यक्तित्वका तत्वहरु समेटिएका छन् ।

नेपालको राजनीति र सरकार, शिक्षा क्षेत्र, विदेशी सहायता र विकासका बारेमा यथार्थपरक ढङ्गबाट विषयवस्तु प्रस्तुत गरिएको उक्त पुुस्तक देशमा मात्र होइन विदेशमा पनि विकासका जटिल र सुष्म समस्याका कारक तत्व पहिचान गर्ने दिग्दर्शनका रुपमा ख्याति पाएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुुलपति डा जगमान गुुरुङले कुनै समुुदाय विशेषका कारण नभई नेपाली समाजमा राष्ट्र र राष्ट्रियताप्रतिको समर्पण र कर्तव्यवोध कमजोर भएकाले विकासको गतिविधिमा भएको बताउनुुभयो । मानवशास्त्री श्रेष्ठले मुुलुक विकासको लामो यात्राका लागि अनुुवाद गरिएको भाग्यवाद र विकास पुुस्तक प्रस्थान विन्दुुको मुहान हुने धारणा व्यक्त गर्नुुभयो ।

कृतिका अनुुवादक थापाले परिचयसहित आठ अध्यायमा समेटिएको कृतिको मूूलभाव र भाषालाई सकेसम्म उस्तै ढङ्ग र शैलीमा अनुुवाद गर्न निकै ठूलो प्रयास र जमर्काे गरिएको छ भन्नुुभयो । उहाँले भन्नुुभयो, “उच्चस्तरको प्राज्ञिक भाषामा लेखिएको अनुसन्धनात्मक पुुस्तक भएकाले यसको उल्था अखवारी लेख वा सामग्रीको जस्तो सजिलो थिएन ।”

प्राडा रघुुवीर विष्टले विचारलाई जीवन पद्धतिमा ल्याएर परीक्षण गर्ने व्यक्तिका रुपमा रहनुुभएका मानवशास्त्री डोरबहादुर विष्टले मानव विकासलाई विकासको केन्द्र विन्दुुमा राखेर योजना बनाउनुपर्छ भन्नेमा दृढ मत अघि सार्नुुभएको स्मरण गर्नुुभयो । समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख डम्बर चेम्जुङले समाजको विकासमा योगदान दिन चाहनेले अब मन्दिर र शिवालयमा नभई शिक्षालयमा लगानी गर्न सुझाव दिनुभयो । आजभन्दा २५ वर्ष अघिदेखि कृतिको अनुुवादको थालनी गरिएको भए पनि जुुम्लाबाट मानवशास्त्री विष्ट काठमाडौँ फर्केको घटनाले प्रकाशनमा ढिलाइ हुन पुुगेको सो अवसरमा जानकारी गराइयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.