छिमेकीको मुक्का प्रहारबाट ४२ वर्षीय राईको मृत्यु

भोजपुर, १८ असोज : कुटपिटका कारण छिमेकीको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय भोजपुरले भोजपुर नगरपालिका १० भैसीपंखा जीमीगाउँबाट स्थानीयवासी ४२ वर्षीय शंखराज भनिने श्रीकृष्ण राईलाई आज पक्राउ गरेको छ ।

छिमेकी बाथका बिरामी ६३ वर्षीय बलबहादुर राईको उनको कुटाइका कारण ज्यान गएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आफ्नै घरको सिकुवामा आराम गर्दै बसेका बलबहादुरलाई विनाकारण मादक पदार्थ सेवन गरी श्रीकृष्णले कुटपिट गरेर घाइते बनाएको बताइएको छ । आर्थिक अवस्थासमेत कमजोर रहेका बलबहादुरलाई कुटपिट गर्ने श्रीकृष्णले एक बोतल रक्सी किनेर एकापसमा मिलापत्र गरेको तर बलबहादुरको शुक्रबार घरमै मृत्यु भएको थाहा भएको छ ।

श्रीकृष्णले अनुहारको भागसंँगै बायाँ आँखाको डिलमा मुक्का प्रहार गरेको प्रहरीले जनाएको छ । घटनापछि घरमै झारफुक गराएको तर घटनाको विषयमा तत्काल कुनै पनि निकायमा उजुरी नदिइएको प्रहरीको भनाइ छ । बलबहादुरमाथि बुधबार कुटपिट भएको प्रहरीले जनाएको छ । श्रीकृष्णलाई शुक्रबार पक्राउ गरेपछि प्रहरीले घटनाको विषयमा आज मात्र जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.