मुक्तिनाथ अधिकारीको स्मरण

काठमाडौँ, ३ माघ : लमजुङ जिल्लामा १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा हत्या गरिएका मुक्तिनाथ अधिकारीको स्मरण गरिएको छ ।

मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठान र एम्नेस्टी इन्टरनेशनल नेपालको संयुक्त आयोजनामा अधिकारीको सत्रौँ वार्षिक स्मृति दिवसमा आयोजित कार्यक्रममा उहाँको योगदानको स्मरण गरिएको हो ।

विसं २०५८ माघ ३ गते हत्या गरिएका अधिकारी पाणिनि संस्कृत माध्यामिक विद्यालय लमजुङका तत्कालीन प्रधानाध्यापक हुनुहुन्थ्यो । तत्कालीन विद्रोही पक्षले चन्दा माग्दा नदिएको आरोपमा उहाँलाई झुण्ड्याएर हत्या गरेको थियो ।

सो स्मृतिसभामा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले विस्तृत शान्ति सम्झौता भएको १२ वर्षमा पीडितका पक्षमा भएका काम पारदर्शी नभएको उल्लेख गर्दै द्वन्द्वकालीन घटनाका विषयमा पीडितसँग परामर्श गरेर मात्र सरकार अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

मानव अधिकारकर्मी सुशील प्याकुरेलले सङ्क्रमणकालीन न्यायका लागि कानूनको मस्यौदा बनाउँदादेखि नै पीडितको सहभागिता गरेको भए न्यायका लागि यति लामो समय लाग्ने थिएन भन्नुभयो ।

प्रतिष्ठानका सचिव सुमन अधिकारीले दुई आयोगको गठन गरेको चार वर्ष र विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष बितिसक्दा पनि पीडितले न्याय नपाएको हुँदा दलले यसबारे समाधान खोज्न पीडितको विश्वास र सहकार्य जरुरी रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2023. All Rights Reserved.