उच्चस्तरको सेवा प्रदान गर्नु नै सिभिल क्यापिटलको मूल लक्ष्य : सिइयो ढुङ्गेल

काठमाण्डौँ, १६ वैशाख । चौध बर्ष अगाडी स्थापित भएको सिभिल क्यापिटल मार्केट लिमिटेड पछिल्लो समय निकै आक्रमक तरिकाले बजार बिस्तारमा लागेको छ । आफ्ना हरेक सेवाग्राहीहरुलाई उच्चस्तरको सेवा प्रदान गर्न सजकता पूर्वक विभिन्न प्रकृतिका वित्तीय आवश्यकतालाई सम्बोधन गर्ने दीर्घकालीन सोच अनुरुप संस्था अगाडी बढ्दै गएको छ । सो कार्यलाई मुर्तरुप दिन संस्थाले सर्वव्यापी पर्यावरण्को अवधारण अघि सारेको हो । आगामी दिनहरुमा समेत आवश्यकता अनुसार अन्य विभिन्न सेवा सुविधाहरु प्रयोगमा ल्याई विभिन्न माध्यम मार्फत सेवा प्रदान गर्ने उदेश्य सिभिल क्यापिटलको रहेका छ ।

हाल पूँजीबजार प्रति नेपालीहरुको दिन प्रति दिन अभिबृद्धि भइरहेको रुचि, पूँजी बजारको दायरामा भइरहेको बृद्धि र नेपालको पूँजी बजारको वर्तमान अवस्था समेतलाई मध्यनजर गर्दै क्यापिटले उच्चस्तरको सेवा प्रदान गर्न तत्पर रहेकोछ । पूँजी बजारसँग सम्वन्धित धितोपत्र व्यापार, निष्काशन तथा विक्री प्रवन्धक, लगानी व्यवस्थापन, लगानी परामर्श सेवा, सामुहिक लगानीकोष व्यवस्थापन, धितोपत्र दर्ता वा धितोपत्रको केन्द्रिय निक्षेप सेवा वा डिपोजिटरी सेवा, धितोपत्र कारोबारको हिसाब राफसाफ गर्ने सम्बन्धी सेवा, बजार निर्माता, सेक्युरिटिज डिलर सम्बन्धी कार्य यस कम्पनीले गर्नेछ । निकट भविष्यमा म्युचुयल फण्ड सञ्चालन र वित्त व्यवस्थापन सम्बन्धी म्यानेजमेन्ट कन्सल्टेन्सी सेवा समेत प्रदान गर्ने तयारीमा रहेको कुरा प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेलले बताउनु भएको छ ।

सेवाग्राहीहरु नै संस्था स्थापनाका कारक हुन् भन्ने तथ्यलाई मनन गर्दै सेवाग्राहीको सहजतालाई शिरोपर गर्दै उच्चत्तम प्रविधिको प्रयोगबाट गुणस्तरीय, किफायती र शिघ्रातिशिघ्र सेवा दिन सकिन्छ भन्ने हाम्रो मान्यता रहेको छ ।

यसका साथै, सेवाग्राहीहरुको सन्तुष्टि कुनै पनि कम्पनीको सफलताको सही मापन हो भन्ने हाम्रो मान्यता रहेको छ । यहि मान्यता र सिभिल बैंक लिमिटेडको ग्राहकमुखी सेवा प्रदान गर्ने एक अग्रगामाी वित्तीय संस्थाको झलकलाई यस सिभिल क्यापिटलको सञ्चालनले अझ ज्वज्वल्यमान पार्ने विश्वास छ ।

नेपालको वित्तीय सेवा क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्नको लागी मानब संशाधन र प्रविधिको महत्वपूर्ण भुमिका हुन्छ भन्ने तथ्यलाई मनन गर्दै अगाडी बढ्दै आएको संस्थाले जनाएको छ । कर्मचारीमा र नविनत्तम प्रविधिमा विशेष ध्यान दिई आवश्यक लगानी गरी यस संस्थालाई अझ प्रगती उन्मुख बनाउन प्रयासरत रहेको र यसले हाम्रो संस्थालाई मात्र नभई हाम्रा सेवाग्राही र सम्पूर्ण धितोपत्र बजारको क्षेत्रमा दिई आएको सेवाको स्तरलाई एक नयाँ उचाइमा पु-याउने विश्वास संस्थाको रहेकोछ ।

निष्काशन तथा विक्री प्रबन्धक सँगै क्यापिटल पुँजी बजारमा लगानीकर्ताहरु माझ लोकाप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डिपि) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आईरहेको छ । हालै क्यापिटलले निःशुल्क डिम्याट खाता साथै प्रथम वर्षको डिम्याट खाता संचालन निः शुल्क गरेको छ । र PMS/Corporate Advisory सेवामा मिति २०७९ आषाढ मसान्तसम्म नयाँ कारोवार गर्दा हाल तोकिएको दरमा ५० प्रतिशतले छुट हुने जनाएकोछ ।

विगत १४ बर्षदेखी सेवारत सिभिल क्यापिटलले पूंजि बजारसंग सम्बन्धित सबै प्रकारकासेवाहरु प्रदान गर्दै आईरहेको छ । शुरुदेखि हालसम्म प्रायः सबै क्षेत्रसंग सम्बन्धित IPO ३० वटा, RTS ३५ वटा, Right Share ३२ वटा, Share Auction २० वटा विभिन्न क्षेत्रका कम्पनीहरुको कार्य गरीसकेको छ । निकट भविष्यमा नै सामुहिक लागानी कोष (Mutual fund) शुरुवात हुने संस्थाले जनाएकोछ ।

क्यापिटलले सेवाग्राहीको सहजतालाई मध्यनजर गर्दै बिहान ९:३० देखि ५:३० बजेसम्म सबै सेवाहहरु निरन्तर सञ्चालन गरिरहेको छ ।

गंगा कटुवालसँगको कुराकानीमा आधारित

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.