सिभिल क्यापिटल मार्केटमा निशुल्क डिम्याट खाता खोल्न पाइने

काठमाडौं, ९ बैशाख । सिभिल क्यापिटल मार्केट लिमिटेडले आफ्ना ग्राहकहरुको सेवा सुविधा र आवश्यकतालाई विशेष प्राथमिकतामा राखेर निशुल्क खाता खोल्न पाउने व्यवस्था गरेको छ ।

क्यापिटलले अर्को सूचना नगरेसम्मका लागि २०७९ आषाढ मसान्तसम्म नयाँ डिम्याट खाता रजिष्ट्रेशन, पहिलो वर्षको नविकण शुल्कमा लाग्ने रु.१५० निःशुल्क गरिएको र मेरोशेयर खाता खोल्दा लाग्ने शुल्क रु.५० भने कम्पनीले लिने डिपि विभाग प्रमुख श्री मणीराज काफ्लेले बताउनु भयो । यो सुविधा बैशाख ११ गते आइतवारबाट लागु हुने क्यापिटलले जनाएको छ ।

त्यसै गरी PMS/Corporate Advisory सेवामा समेत भारी छुट गरिएको प्रमुख कार्यकारी अधिकृत श्री झनकराज ढुंगेलेले बताउनु भयो । PMS/Corporate Advisory सेवामा मिति २०७९ आषाढ मसान्तसम्म नयाँ कारोवार गर्दा हाल तोकिएको दरमा ५० प्रतिशतले छुट हुनेछ ।

विगत १३ बर्षदेखी सेवारत यस संस्थाले प्राथमिक शेयर निश्कासन (IPO), निक्षेप सदस्य (DP), लगानी व्यवस्थापको कार्य (PMS), शेयर प्रत्याभुति (Underwriting) र संस्थागत परामर्श सेवा लगायत पुजीँबजार सम्बन्धि सेवाहरु प्रदान गर्दै आईरहेको छ । शुरुदेखि हालसम्म IPO ३० वटा, RTS ३५ वटा, Right Share ३२ वटा, Share Auction २० वटा विभिन्न क्षेत्रका कम्पनीहरुको कार्य गरीसकेको छ । निकट भविष्यमा नै सामुहिक लागानी कोष Mutual fund शुरुवात हुने समेत प्रमुख कार्यकारी अधिकृतले बताउनु भयो । यस संस्थाले दिईरहेको सेवाहरु जस्तै, निक्षेप सदस्य खाता खोल्ने, शेयर अभौतिकीकरण प्रक्रिया , लगानी व्यवस्थापको कार्यको सुझाव, आइपिओ परामर्श लगायतका सेवाहरु सिभिल बैंक लि.को सातै प्रदेशमा रहेका सबै शाखाहरुबाट सहजरुपमा नै उपलब्ध हुने पनि प्रमुख कार्यकारी ढुङ्गेलले बताउनु भयो ।

संस्थाले सन्ध्याकालिन सेवाको समेत संचालन गरिरहेको छ । साथै, आगामाी दिनहरुमा ग्राहकहरुको सुविधालाई मध्यनजर राख्दै संस्थाको कार्यशैली दु्रत गतिमा आधुनिकिकरण गर्दै ग्राहकवर्गहरुलाई नविनतम प्रविधियुक्त सेवा, सुविधा र परामर्श प्रदान गर्नका साथै निकट भविष्यमा नै डिपी खाता अनलाइन सेवा मार्फत खोल्न सकिने सुविधा दिन पनि गइरहेको प्रमुख कार्यकारी अधिकृतले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.