बुद्धभूमी हाइड्रोको आईपिओ बाँडफाँड, ७४ हजार ४ सय जनाले पाए १० कित्ता

लक्ष्मी खतिवडा । काठमाडौँ, २२ असोज : बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सिभिल क्यापिटल मार्केटको कार्यालयमा शेयर शुक्रबार बाँडफाँड गरेको हो ।

आईपिओमा कुल २० लाख ३० हजार ९ सय ५५ जनाको आवेदन परेकोमा १६ हजार ३३ जनाको आवेदन रद्द भएको र कुल २० लाख १४ हजार ९ सय २२ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । योग्य आवेदकमध्येबाट गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको हो । गोलाप्रथाबाट ७४ हजार ४ सय जनाले १० कित्ताका दरले शेयर पाएका छन भने आवेदन दिएका मध्ये १९ लाख ५६ हजार ५ सय ५५ जनाको हात खाली भएको छ ।

बिक्रि प्रबन्धक सिभिल क्यापिटल मार्केटका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेल तथा बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडका निर्देशक प्रमोद खड्का

कम्पनीले असोज ११ गते देखि १४ गतेसम्म सर्वसाधरणका लागि साधारण सेयर बिक्रि खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ सर्वसाधारणको लागि निष्काशन गरेको थियो । ८ लाख कित्ता मध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । बाँकी ७ लाख ४४ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

कम्पनीले यस अघि आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि भाद्र ३१ गते गोलाप्रथाबाटै योग्य आवेदक ४९,३१० मध्यबाट न्युनतम १० कित्ताका दरले बाँडफाँड गर्दा ४०,००० जनलाई १० कित्ताका दरले ४ लाख कित्ता वराबरको रु.४ करोडको आईपीओ बाँडफाँड गरेको थियो ।

कम्पनीका निर्देशक प्रमोद खड्काले जानकारी दिनुभएअनुसार कम्पनीले हाल ५ मेघावाट क्षमताको तल्लो ताँदीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । हालसम्म करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । खड्काका अनुसार आयोजनाको विद्युतगृह स्थल नुवाकोट जिल्लाको सदरमुकाम बिदुरबाट २६ किलोमिटरको पुर्वमा तथा खरानीटार बजारबाट ५ किलोमिटरको दुरीमा अवस्थित रहेको छ भने आयोजनाको मुख्य संरचनामा हेडवक्स दुप्चेश्रर गाउँपालिका को वडा नं ५ र ६ मा तथा आयोजनाको पावरहाउस पन्चकन्या गाउँपालिका वडा नं ४ नौटारीमा रहेको छ ।

यसरी हेर्न सकिन्छ नतिजा 

कम्पनीको आईपिओको नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट आईपिओको नतिजा हेर्न सकिने छ ।  जस अनुसार बुद्धभूमि नेपाल हाइड्रोको वेबसाइट  https://buddhabhumihydro.com,  बिकी प्रबन्धक सिभिल क्यापिटलको वेबसाइट https://www.civilcapitalmarket.com, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login  र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिने छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.