बुद्धभुमि हाईड्रोपावरको आईपीओमा स्थानीयबाट ३० करोड १२ लाखको आबेदन

काठमाडौं, २० भदौ : बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा ३० करोड १२ लाख बराबरको आवेदन परेको छ ।

कम्पनीले श्रावण ३२ गतेदेखि आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि शेयर बिक्री खुल्ला गरेको थियो ।

अन्तिम दिन भाद्र १५ गते सम्ममा ४८६२६ जना २आवेदकहरुबाट ३०,१२,००० कित्ताका लागि आबेदन माग भएको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ । अन्तिम रुजू भइनसकेकोले उक्त डाटामा केही परिवर्तन हुन सक्ने समेत विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।

कम्पनीले नुवाकोट जिल्लाभरिका बासिन्दाका लागि प्रतिशेयर १०० अंकित मूल्यका कुल ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । हालसम्म निष्काशित शेयरको ७५३ प्रतिशत बराबरको शेयर विक्रि भइसकेकोछ ।

आईपीओमा न्यूनत्तम १० कित्ता र अधिकत्तम ५० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था रहेको थियो । आवेदन गर्ने अन्तिम म्याद यहि भाद्र १५ गते मंगलवार रहेको थियो ।

कम्पनीको आईपोओमा ज्योति विकास बैंक लिमिटेडको ( बट्टार, छहरे, देउराली, रानीपौवा, महादेभफाँट, सामरी, समुन्द्रटार, त्रिशुली नुवाकोट, गल्छी धादिङ्ग) शाखा, प्रभु बैंक लिमिटेडको ( बट्टार, महादेभफाँट नुवाकोट) शाखा तथा सिभिल र्बैक लिमिटेडको ककनी एक्सटेन्सन काउन्टर, टोखा, चावहिल, गोङ्गबु, स्वयम्भू, कपन तथा मुख्य शाखा कार्यालयबाट आवेदन संकलन गरिएको थिायो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.