बजेट अधिवेशन अन्त्य

विराटनगर, ८ असोज : प्रदेश नं. १ प्रदेशसभाको चौथो तथा बजेट अधिवेशन आजदेखि अन्त्य भएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ३ बमोजिम प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त प्रदेशसभाको चालू अधिवेशन अन्त्य गरिएको पत्र सभामुख प्रदीपकुमार भण्डारीले सदनमा पढेर सुनाउनु भएको थियो ।

बजेट अधिवेशनमा विसं २०७६ जेठ १३ गतेबाट शुरु भएर जम्मा ६२ घण्टा आठ मिनटको अवधिमा ५३ वटा बैठक बसेको थियो । यस अधिवेशनमा १४ वटा विधेयक पारित भएका छन् । तेस्रो अधिवेशनमा दर्ता भई यस अधिवेशनमा छलफल भएका चारवटा विधेयकहरुसहित यो अधिवेशनले १४ वटा विधेयक पारित भएको सभामुख भण्डारीले जानकारी दिनु भयो ।

अहिलेसम्ममा प्रदेशसभाले ४३ वटा विधेयक पारित गरिसकेको छ भने सबै विधेयकहरु सहमति, सहकार्य र एकताबाट नै गरिएका थिए भने मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धमा बनेको विधेयक प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसका सांसदहरुको विरोधको कारण बहुमतबाट पारित गरिएको थियो । अहिलेसम्ममा सदनले पाँचवटा विधेयकलाई संशोधन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.