नेकपा स्थायी कमिटी शुक्रबार पुनः बस्ने   

काठमाडौँ, १० असार : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजदेखि शुरु भएको बैठक अध्यक्षद्वयको मन्तव्य र कार्यसूची तय गरी यही शुक्रबार पुनः बस्ने गरी सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटरमा बुधबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा सहभागी हुँदै समिति सदस्यहरु । तस्वीर : चन्द्रकला क्षेत्री

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयले सरकार, पार्टी र समग्र स्थिति तथा वर्तमान चुनौती र अवसरबारे विचार व्यक्त गर्नुभएको जानकारी दिनुभयो । अध्यक्षद्वयले कम्युनिष्ट विचारको आदर्श, मूल्यमान्यता र जनतमतका आधारमा सकारात्मक र नकारात्मक स्थितिको समीक्षा गरी सरकार र पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।

नेकपा केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाका अनुसार कोभिड –१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठानिक एकताका बाँकी काम, अमेरिकी मिलेनियम कर्पाेरेशन सहायता (एमसिसी) र विविध कार्यसूची बैठकले अनुमोदन गरेको छ ।

विविधमा रुकुम(पश्चिम)मा गत जेठ १० मा भएको घटना, नागरिकतासम्बन्धी विधेयक र सङ्घीय सांसद्को भत्ताका कार्यसूची पनि अनुमोदन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.