नब्याएको बाच्छीले दूध दिन थालेपछि…

झापा, १० बैशाख : झापाको गौरादह नगरपालिका–३  का राजन पन्तको घरमा पालेको गाईको बाच्छीले  नब्याइकन नै चार दिनदेखि दूध दिन थालेपछि स्थानीयवासी अचम्मित भएका छन् ।

नब्याएको गाईले दूध दिएको हेर्न अहिले पन्तको घरमा बिहानदेखि बेलुकासम्म मानिसको   भीड लाग्न थालेको छ  । “चिकित्सा  विज्ञानलाई आश्चर्यमा पार्ने गरी आफ्नै  गोठमा  बाँधेर पालेको २१ महिनाको बाच्छीले दूध दिन थालेपछि  अचम्म  लाग्यो,”  पन्तले भने ।

पशु चिकित्सकलाई जाँच गराउँदा गाईले गर्भधारण नगरेको  पाइएको  गाईधनी  पन्तले  बताउँदै  भने,  “घरमा  बाँधेर  पालेको बाच्छी २१ महिनाको मात्र  भयो  । यसलाई  कहीँ  लगिएको पनि छैन  ।” “एक हप्तादेखि बाच्छीको अचानक फाँचो ह्वात्तै बढ्यो  । थुनसमेत  ब्याएको गाईको जस्तो पघ्रेर आए । बाच्छीको थुन गानिन  थालेपछि  हामीले  दुहुन थाल्यौँ । उसले आरामले दूध दिन थाल्यो,” गाईधनी पन्तले भने ।

अहिले दैनिक एक पटक दुहुने गरेको र दूध  अलि  पातलो  र  पहेँलो  रहेको  पनि  उनले  बताए  ।  बिगौती  दूध  भएकाले  घरमा  कसैले  पनि  नखाएको  दूध  बाख्र्राका  पाठालाई  दिने गरिएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.