राससकर्मी गौतमलाई पितृशोक

काठमाडौँ, १३ मङ्सिर : राष्ट्रिय समाचार समितिका तस्वीर सम्पादक कृष्णराज गौतमलाई पितृशोक परेको छ ।

उहाँका पिता ईश्वरचन्द्र गौतमको शुक्रबार राति ८ बजे हृदयाघातबाट ८० बर्षको उमेरमा निधन भएको हो । उहाँ मिर्गौला र मधुमेह रोगबाट पनि पीडित हुनुहुन्थ्यो । राति ७ बजे खाना खाएर बस्नुभएका गौतमलाई असजिलो महसुस भएपछि आफ्नो निवास कुमारी क्लब, बल्खुबाट स्थानीय वीर अस्पतालमा उपचारका लागि लगिए पनि स्वास्थ्यमा सुधार नभएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

पुख्र्यौली घर अर्घाखाँची हुनुभएका गौतमले हिमाल सिमेन्ट उद्योगमा केमिष्ट पदमा रही सेवा पु¥याउनुभएको थियो । उहाँले अर्घाखाँची, पाल्पा, बागलुङलगायत जिल्लामा अध्यापन पनि गर्नुभएको थियो ।

स्व गौतमको शुक्रबार नै राति पशुपतिमा अन्त्येष्टि गरिएको छ । उहाँका पत्नी हेमकुमारी गौतम, छोराहरु किशोर र कृष्णराज तथा छोरी इन्दु गौतम हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: