पन्तका हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन

काठमाडौँ, ३० भदौ : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी वर्षीया निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै आज प्रदर्शन गरिएको छ ।

‘निर्मलाका लागि न्याय’ नाम दिइएको उक्त प्रदर्शन माइतीघर मण्डलाबाट शुरु भई बानेश्वरमा पुगेर समापन भएको थियो । घटना भएको ५० दिन बितिसक्दा समेत सरकारले घटनाका दोषी पत्ता लगाउन नसकेको भन्दै नागरिक समाज र सामाजिक अभियन्ताको अगुवाइमा उक्त प्रदर्शन भएको हो ।

माइतीघर मण्डलाबाट शुरु भएको प्रदर्शन पर्दशनमा विभिन्न क्षेत्रका हजारौं सहभागी थिए । बानेश्वरमा पुगेर सहभागीले नाराबाजी गरिरहेका बेला निर्मलाका बुबा यज्ञराज र आमा दुर्गादेवी पनि पुग्नुभएको थियो ।

कञ्चनपुर भीमदत्त नगरपालिका–२ की निर्मला पन्तको शव साउन ११ गते उखुबारीमा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2023. All Rights Reserved.