मध्यपुरथिमिमा जलवायु कूटनीति सप्ताह शुरु

भक्तपुर, १७ असोज : मध्यपुरथिमि नगरपालिकामा हरियाली मध्यपुर अभियान शुरु भएको छ । मध्यपुरथिमि नगरपालिकाको आयोजनामा ‘मानिस, पार्क र ग्रह’ शीर्षकमा रहेर यो अभियान शुरु भएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

सेप्टेम्बर २४ देखि ६ अक्टुबरसम्मलाई जलवायु कूटनीतिको सप्ताहका रुपमा विभिन्न कार्यक्रम गरी मनाउने क्रममा युरोपेली युनियन (इयु)ले मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा अभियान शुरु गरेको उहाँले जानकारी दिनुभयो । इयूले विश्वभरनै जलवायु कूटनीति सप्ताह मनाउन शुरु गरेकोमा मध्यपुरथिमिसँगको सहकार्यमा वृक्षरोपण गरेर नेपालमा यो अभियान शुरु गरेको हो ।

नेपालस्थित इयू दूतावासका भेरेनिका कोडीले बिरुवा रोपेर मध्यपुरथिमि नगरलाई हरियाली बनाउने अभियान शुरु गर्नुभएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । नगरप्रमुख श्रेष्ठले इयूसँगको सहकार्यमा खाली क्षेत्रमा पर्यावरण संरक्षणको कार्य शुरु भएको बताउँदै आगामी दिनमा विकास निर्माणलगायतका मानवीय कार्यमा समेत सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.