नवनियुक्त तीन मन्त्रीबाट शपथ ग्रहण  

राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिँदै नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठ । तस्बिरः रोशन सापकोटा

काठमाडौँ, २९ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल सरकारका नवनियुक्त तीन मन्त्रीले नेपालको संविधानको धारा ८० बमोजिम आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति निवास शितलनिवासमा पद तथा गोपनीयताको शपथ ग्रहणपछि हस्ताक्षर गर्दै नवनियुक्त अर्थमन्त्री बिष्णु पौडेल, शहरी विकासमन्त्रीमा कुष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठ । तस्बिर ः रोशन सापकोटा

राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिनेहरुमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठ हुनुहुन्छ ।

उहाँहरु प्रधानमन्त्रीको सिफारिशमा बुधबार मन्त्रीमा नियुक्त हुनुभएको हो । सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख तथा मन्त्रिगणलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: