सिद्धिचरण श्रेष्ठको ‘मेरो प्यारो ओखलढुङ्गा’ गीतको भिडियो सार्वजनिक

ओखलढुङ्गा, १० जेठ : युगकवि सिद्धिचरण श्रेष्ठको ११०औं जन्मजयन्तीको अवसर पारेर ‘मेरो प्यारो ओखलढुङ्गा’ बोलको गीत भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा श्रेष्ठको रचना र स्वरसम्राट नारायण गोपालको स्वर तथा संगीत रहेको छ ।

युगकवि सिद्धिचरण प्रतिष्ठानले निर्माण गरेको उक्त गीतको भिडियोलाई दिनेश डिसीले निर्देशन गरेका छन् । युगकवि श्रेष्ठबारे अध्ययन गर्न चाहने दुई विद्यार्थीको युगकविको जन्मस्थलसम्मको खोजमुलक यात्रालाई प्रस्तुत गरिएको गीतमा समीक्षा पोखरेल, महेश खड्का एंव दिनेश डिसीको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.