उपत्यकाको निषेधाज्ञा २९ गतेसम्म, गृह जिल्ला फर्कनेलाई सहजीकरण गरिने

काठमाडौं, २१ बैशाख : काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

आइतबार मन्त्रिपरिषद् बैठकले १५ दिन थप निषेधाज्ञा जारी गर्न प्रशासनलाई निर्देशन दिएको थियो । निषेधाज्ञालाई कडाइ र कोरोना महामारी नियन्त्रण गर्न काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनले छुट्टाछुट्टै विज्ञप्ती जारी गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

‘बिहान ९ बजेसम्ममात्र खाद्यसामग्री​का पसल खोल्न दिने निर्णय गरेका छौ,’उनले भने,‘अत्यावश्यक कामका लागि मात्र गाउँबाट उपत्यका छिर्न दिइने छ,बैंक तथा वित्तिय संस्थामा केन्द्रीय कार्यालयको हकमा २० प्रतिशत कर्मचारी र शाखामा २५ प्रतिशत कर्मचारी राखेर सञ्चालन गर्न पाइने छ,सरकारी सवारीसाधन पासबिना चलाउन नपाइने निर्णय भएको छ ।’

यसअघि  जारी भएको पहिलो चरणको निषेधाज्ञा भोलि २२ गते राति १२ बजे सकिँदै छ । यस्तै यो समयमा उपत्यका छाड्नेलाई सहजीकरण गर्ने पराजुलीले बताए ।

निर्णयअनुसार अब पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइनेछ । बेलुका पूर्णरुपमा बन्द गरिनेछ । नागरिकलाई अत्यावश्यक कामबाहेक बाहिर निस्कनेलाई कडाइ गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.