पुतलीबजारका किसानलाई आधुनिक कृषि औजार वितरण

मीरा मल्ल । स्याङ्जा, १ बैशाख : पुतलीबजार नगरपालिकाका १५ जना कृषकहरुलाई कृषि औजार वितरण गरिएको छ ।

पुतलीबजार नगरपालिका र युएनडीपीको आर्थिक सहयोग तथा सूर्योदय क्लबको व्यवस्थापनमा संचालित कोभिड १९ उद्धार तथा सामाजिक आर्थिक प्रतिकार्य परियोजना अन्तरगत नगरपालिका भित्रका किसानहरुलाई कृषि औजार वितरण गरिएको छ ।

कार्यक्रममा पालिकाका १५ किसानहरुलाई चापकटर, विद्युतबाट मकै छोडाउने मेसिन, कोदो फल्ने मेसिन, घान जौ गहु घास काट्न मेसिन, ड्याङ तथा झार च्यात्ने र हातले मकै छोडाउने मेसिन वितरण गरिएको थियो ।

सामाग्री हस्तान्तरण गर्दै पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीले कृषि सामाग्रीहरुको सही सदुपयोग गर्न किसानहरुलाई सुझाईन् । नगरप्रमुख क्षेत्रीले सहयोग गर्ने निकाय युएनडीपीलाई धन्यबाद दिदै किसानहरुलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने बताईन् ।

सोही कार्यक्रममा युएनडीपी गण्डकी तथा लुम्बीनी प्रदेश प्रमुख सुदिप अर्यालले कृषि औजार वितरणले किसानहरु उत्साहित भएको बताए । उनले पुतलीबजार नगरपालिकाको कृषिमा रचनात्क कार्य देखेर थप सहयोग आएको जानकारी दिए ।

कृषि सामाग्री वितरण कार्यक्रमको संचालन सुर्योदय क्लबकी कार्यक्रम संयोजक एलिना ढकालले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.