नेपाली फुटबलको मुख्य प्रशिक्षकमा अब्दुल्लाह अलमुताइरी नियुक्त
काठमाडौं, २३ चैत : नेपाली फुटबलको मुख्य प्रशिक्षकमा कुवेतका अब्दुल्लाह अलमुताइरीलाई जिम्मा दिइएको छ ।
चैत १८ को एन्फा प्राविधिक कमिटीको प्रस्तावअनुसार एन्फा सचिवालयले उनलाई प्रशिक्षकको जिम्मेवारी दिएको हो । यो निर्णयलाई एन्फा कार्यसमितिले अनुमोदन गर्ने बताइएको छ ।
उनले आइतबारदेखि जिम्मवारी सम्हाल्नेछन् । उनलाई केही दिनअघि एन्फाले नेपाली राष्ट्रिय फुटबल टिमको प्राविधिक प्रशिक्षक बनाएको थियो ।
नेपालले विश्वकप फुटबल छनोटअन्तर्गत दोस्रो चरणको बाँकी खेलको तयारी गरिरहेको छ । यस क्रममा नेपालले चाइनिज ताइपेइ, अस्ट्रेलिया र जोर्डनजस्ता मुलुकको सामना गर्नेछ ।