कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं, १३ फागुन : नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका हुन् ।

दिउँसो ३ बजे सभापति देउवा निवासमा बस्ने पदाधिकारी बैठक प्रतिनिधिसभा पुनःस्थापना भएको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्द्रित हुने नेताहरुले बताएका छन् ।

यसअघि, बुधबार नेकपाका प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले देउवालाई भेटेका थिए । उनीहरुले नयाँ गठबन्दन बनाएर अगाडि बढ्न आग्रह गरेपछि देउवाले छलफलका लागि पदाधिकारी बैठक बोलाएका हुन् ।

उक्त भेटमा सभापति देउवाले पार्टीमा आन्तरिक छलफलपछि मात्रै निर्णय गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.