नेपाल सुपर लिग वैशाख ११ गतेबाट

काठमाडौं, ११ फागुन : नेपाल सुपर लिग (एनएसएल) प्रतियोगिता वैशाख दोस्रो साताबाट सुरु हुने भएको छ । नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग वैशाख ११ गतेबाट हुने भएको हो ।

आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल सुपर लिग वैशाख ११ गतेबाट सुरु हुने जनाएको छ ।

प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । प्रतियोगिता वैशाख २५ गतेसम्म सञ्‍चालन हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिगमा ७ प्रदेशबाट प्रतिनिधित्व गर्ने गरी विभिन्न सहरबाट सात टिमको सहभगिता रहनेछ ।

राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा कुल १९ खेल हुनेछन् । टिम र टिम मालिकको नाम भने यसै महिनाभित्र सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

खेलाडीको छनोट अक्सनबाट हुनेछ । अक्सनबाट हरेक टिमले विभिन्न श्रेणीबाट २० खेलाडी छनोट गर्नुपर्नेछ । लिगमा एक टिमले तीन विदेशी खेलाडी राख्न पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.