डाक्टर लाइसेन्स परीक्षा डिजिटलमा

काठमाडौं, ११ फागुन : नेपाल मेडिकल काउन्सिलले डाक्टर दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा डिजिटलमा लिन थालेको छ । कागजमा परीक्षा लिने पद्धति फेर्दैे झन्डै दुई दशकपछि कम्प्युटरमा आधारित परीक्षा लिन थालिएको हो । यो व्यवस्थाले स्नातक तहसरहको  एमबीबीएस, बीडीएस र स्नातकोत्तर तहको विशेषज्ञ चिकित्सकलाई लाइसेन्स परीक्षामा सहज भएको छ ।

यस परीक्षामा कुनै प्रश्नको उत्तर लेख्न छुट्ने पो हो कि भन्ने चिन्ता लिनुपर्दैन । कुनै प्रश्नको उत्तर लेख्न बाँकी रहे कम्प्युटरले सचेत गराउँछ । उत्तर लेखेको केही बेरपछि पुनः सच्याउन पनि सकिन्छ ।

‘पहिलेको कागजी परीक्षामा उत्तर भर्दा धेरै त्रुटि हुने सम्भावना हुन्थ्यो । एकपटक लगाएको उत्तर चिह्न सच्याउन मिल्दैनथ्यो । अब उत्तरमा पुनः फेरबदल गर्न मिल्छ । दुई ठाउँमा उत्तर लेख्न मिल्दैन । दुई ठाउँमा उत्तर लेख्न खोजे कम्प्युटरले मान्दैन’, काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले भने, ‘फोटो, नाम र कतिवटा उत्तर भयो । कतिवटा बाँकी छन् । बुझाउनअघि नै कम्प्युटरले सचेत गराउँछ । तीन महिनाअघिको विशेषज्ञ परीक्षादेखि पुरानो शैली फेरियो ।’

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.