रोनाल्डोको दुई गोलमा युभेन्टसको जीत

काठमाडौं, ११ फागुन : इटालियन सिरी ए फुटबलमा युभेन्टसले क्रोटोनलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका छन् भने वेस्टन म्याककेनले एक गोल गरेका थिए । रोनाल्डोले खेलको ३८औ मिनेट र ४५औ मिनेटमा गरे भने  वेस्टनले खेलको ६६ औ मिनेटमा एक गोल गरेका थिए ।

यस खेलमा यस सिजनको आफ्नो १७औ र १८औ गोल गरेका रोनाल्डोले इटालियन सिरी ए मा रहेका सबै टिमविरुद्ध गोल गर्ने नयाँ रेकर्ड बनाएका छन् ।

यस गोलसँगै रोनाल्डो सिरी ‘ए’ को यस सिजन सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिएका छन् ।

रोनाल्डोले १८ गोल गरेका छन् ।

यस्तै रोनाल्डो लगातार १४ सिजन २५ भन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् ।

साथै रोनाल्डो युरोपका टप फाइभ लिगमा अहिलेसम्म ७८ टिमविरुद्ध गोल गरेको रेकर्ड बनाएका छन्। उनी भन्दा अगाडी स्विडेनका जलाटन इब्राहिमोविचले ७९ टिमविरुद्ध गोल गरेको रेकर्ड रहेको छ ।

यो जीतपछि युभेन्टस सिरी ए मा २२ खेलमा ४५ अंक बटुल्दै तेस्रो स्थानमा उक्लिएको छ । युभेन्टसभन्दा अगाडी एसी मिलानको २३ खेलमा ४९ अंक छ भने शिर्ष स्थानमा रहेको इन्टर मिलानको २३ खेलमा ५३ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.