फुलेकोे तोरी उखेल्न नपाउँदै ओइलिइन् भागरथी

काठमाडौं, ९ फागुन : शुक्रबार भागरथी  भट्टको अन्तिम संस्कार गरेर घर फर्किएका केशव भट्टलाई  आफ्नी आमालाई सम्हाल्न गाह्रो भइरहेको छ ।

आमा द्रोपती छोरीले बारीमा  छरेको तोरी फुलेको देखेर छिनछिनमा भक्कानिएर रुन्छिन् ।

भागरथीको याद आउने घरका सबै वस्तु हटाइए पनि बारीमा ढकमक्क   फुलेको तोरी के गर्नु ? दाजु केशवले भने, “छरेको तोरी उखेल्न नपाउँदै आफैँ ओइलाएर गई,” केशवले भने, “घर खर्च  चलाउन  बाख्रा  पनि पालेकी थिई । बस्तुभाउ  उसैको जिम्मामा थिए ।”

चडेपानी गाउँबाट डेढ घण्टाको दूरीमा पर्ने बैतडी अस्पतालको शवगृहबाट भागरथीको शव बुझे र दाजु केशव भट्टले महाकालीमा अन्तिम संस्कार गर्न जाँदा छोरीको अनुहार अन्तिम पटक हेर्ने चाहन थियो तर आमालाई आफन्तले हेर्न जान  दिएनन् ।

यो समाचार आजको गोरखापत्र दैनिकमा गोकर्ण  दयालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.