मेरो चरित्र हत्या गर्ने प्रयत्न भयो : वामदेव गौतम

काठमाडौं, ८ फागुन : नेकपा उपाध्यक्ष वामदेव गौमतले आफ्नो चरित्र हत्या गर्ने प्रयत्न भएको भन्दै आपत्ति जनाएका छन् ।

उनले फेसबुकमार्फत् भनेका छन्-मेरो चरित्र हत्या गर्ने दुष्ट प्रयत्न फेरि एकपटक सतहमा आएको छ ।

केही सञ्चार माध्यमले केपी ओली नेतृत्वको वर्तमान सरकारमा गृहमन्त्री बनेर वामदेव जाँदैछन् भन्ने गलत, भ्रामक र दूराशययुक्त समाचार आएको भन्दै उनले आपत्ति जनाएका हुन् ।

यस्ता भ्रामक समाचारमा विश्वास नगर्न उनले अनरोध गरेका छन् ।

संसद विघटनपछि नेकपा दुई धारमा विभाजित भएको छ । तर उनी भने तटस्थ छन् । उनले पार्टीलाई एक बनाउने भन्दै नेकपा एकता राष्ट्रिय अभियान चलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.