ओली समूहको आज बुटवलमा आमसभा, प्रधामन्त्रीले सम्बोधन गर्ने
काठमाडौं, १ फागुन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आज रुपन्देहीको बुटवलमा शक्ति प्रदर्शन गर्दैछ । बिहान ११ बजेपछि सुरु हुने कार्यक्रमलाई प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रम बुटवल उपमहानगरपालिका–७ स्थित सिद्धेश्वर माविको प्रांगणमा गर्ने तयारी भएको छ । लुम्बिनी प्रदेश समितिले आयोजना गरेको आमसभामा दुई लाख नागरिक भेला गर्ने ओली समूहको दावी छ ।
अराजकताको अन्त्य, राजनीतिक स्थिरता, संविधानको रक्षा, राष्ट्रिय स्वाधीनता, ताजा जनादेश र विकासको निरन्तरताका लागि भेला र आमसभा आयोजना गरेको आयोजकले जनाएको छ । नेकपा राजनीतिक रुपमा विभाजित भएदेखि नै ओली र दाहाल–नेपाल समूहले काठमाडौैं उपत्यका सहित विभिन्न स्थानमा शक्ति प्रर्दशन र आम सभा गर्दै आएका छन् ।