लद्दाखबाट सेना हटाउन भारत–चीन सहमत

नयाँदिल्ली, २९ माघ : लद्दाखबाट सेना हटाउने विषयमा भारत र चीनबीच सहमति जुुटेको छ । भारतका रक्षामन्त्री राजनाथ सिंहले दुुई देशबीच सेना हटाउने सहमति बनेको जानकारी दिएका हुन् । यसअघि महिनौंदेखि लद्दाख क्षेत्रमा दुुई देशका सेना टकरावको अवस्थामा थिए । धेरै चरणका सैन्य र कुटनीतिक छलफलपछि सहमति जुटेको सिंहले संसद्मा जानकारी गराएका हुन् । ‘पेंगन्ग तालको उत्तर दक्षिण किनारबाट सेना हटाउने विषयमा चीनसँगको हाम्रो संवाद सहमतिमा पुुगेको छ,’ सिंहले भने ।

चीनको रक्षा मन्त्रालयले पनि दुुबै देशका फ्रन्टलाइनका सेनाहरु पछाडि हट्न थालिसकेको जनाएको छ । गत वर्ष अप्रिलमा चीनियाँ सेनाले लाईन अफ कन्ट्रोल नाघेको भन्दै भारतले आपत्ति जनाएको थियो । त्यसयता लद्दाख क्षेत्रमा टकरावको स्थिति बनेको थियो । यता, आफ्ना सैनिक सीमा क्षेत्रभित्रै बसेपनि भारतीय सीमा रक्षकले आक्रामक रवैया देखाएको चीनको आरोप थियो । सुरक्षा विद् तथा भारतीय सेनाका पूर्व अफिसर अजय शुक्लाले सेना हटाउने सहमतिको स्वागत गरेका छन् ।

गलवानको त्यो दर्दनाक भीडन्त 
गत जुनमा २० जना भारतीय सैनिकहरु गलवान उपत्यकामा मारिएका थिए, यतिबेला दुुबै पक्षका सेनाहरुले फलाम, रड र ढुुंगाले एक–अर्कालाई हिर्काएका थिए । चीनतर्फ पनि केही सैनिक मारिएका थिए । यद्यपि,चीनले मारिएका सैनिकको संख्या सार्वजनिक गरेन । चीन र भारतबीच १९६२ मा सीमा समस्यालाई लिएर युद्ध नै भएको थियो । यसका बाबजुद सीमा समस्या अझै हल हुन सकेका छैन दुुई देशबीच ३ हजार ४८८ किलोमिटर लामो सीमाना छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.