बलिउड अभिनेता राजीव कपुरको निधन
काठमाडौं, २७ माघ : बलिउड अभिनेता राजीव कपुरको हृदयघातका कारण निधन भएको छ । राजीवको ५८ वर्षको उमेरमा निधन भएको ऋषि कपुरकी श्रीमती नीतु कपुरले पुष्टि गरेकी छिन् ।
उनले एक जान है हमबाट अभिनयमा डेब्यू गरेका थिए । राम तेरी गंगा मैली, आसमान, लभर ब्वाइ, जबरजस्त, हम तो चले पर्देस, जमिनदार लगायतका फिल्ममा काम गरेका छन् ।
दाइ ऋषि कपुरको निधन भएको एक वर्ष नपुग्दै राजिवको ५८ वर्षको उमेरमा निधन भएको हो ।