बार्सिलोना ला लिगाको दोस्रो स्थानमा, मेस्सीको ६५० गोल
काठमाडौं, १९ माघ : बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा एथ्लेटिक
बिल्बाओलाई २-१ गोल अन्तरले पराजित गर्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले एक/एक गोल गरे । उता बिल्बाओले एक आत्मघाती गोल उपहार पाएको थियो ।
खेलको २० औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले फ्रिकिकबाट गोल गरे ।
यस गोलसंगै मेस्सी बार्सिलोनाका लागि ६ ५० गोल पुरा गरे ।
खेलको ४९ औं मिनेटमा बार्सिलोनाका जोर्डी आल्बाले आत्मघाती गोल गर्दा बिल्बाओले खेल १/१ गोलको बराबरी गर्ने अवसर पायो ।
७४ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई २-१ गोलको जित दिलाए ।
जितसँगै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । लिगमा २० खेल खेलेको बार्सिलोनाको ४० अंक छ ।
शिर्ष स्थानमा रहेको एट्लेटिको ५० अक छ । पराजित बिल्बाओ २४ अक जोडेर तालिकाको ११ औं स्थानमा छ ।