नेपाल मुद्रण उद्योग महासंघ बागमती प्रदेशमा नयाँ कार्यसमिति

रामहरि बस्नेत । काठमाडौं, ३ माघ : नेपाल मुद्रण उद्योग महासंघ बागमती प्रदेशको नयाँ कार्यसमिति चयन भएको छ ।

शनिबार सम्पन्न कार्यक्रममा भक्त बहादुर श्रेष्ठको अध्यक्षतामा दुई वर्ष कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको हो ।

नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष पुस्कल गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भक्त बहादुर श्रेष्ठको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति घोषणा गरेको हो । यस्तै इन्द्र नेपाल उपाध्यक्ष, गोपाल गैह्रे सचिव, दिनेश नेपाल सहसचिव, अनिल लामा कोषाध्यक्ष तथा रुद्र बहादुर खत्री सहकोषाध्यक्षमा निर्बाचित हुनुभएको छ ।

यसैगरी नवनिर्वाचित कार्यसमितिको सदस्यहरुमा सुरेश श्रेष्ठ, प्रकाश पुरी, सरोज गजुरेल, नगेन्द्र गौतम, राहुल कुमार झा, ढाकल थापा, मोहन थापा, दिपक राउत, ज्ञानदेव श्रेष्ठ र रमेश काजी चुनिएका छन् ।

नवनिर्वाचित पदाधिकारीलाई महासंघका अध्यक्ष पुस्कल गौतम, निर्वतमान अध्यक्ष माधव केसी, भक्तपुर मुद्रण उद्योग संघका अध्यक्ष विश्व दुवाल तथा ललितपुर मुद्रण उद्योग संघका अध्यक्ष कमल पोखरेलले सफल कार्यकालको लागि बधाई तथा शुभकामना दिएका थिए ।

साथै कार्यक्रमका सभापति नेपाल मुद्रण उद्योग महासंघका बागमती प्रदेशका उपाध्यक्ष गोपाल प्रसाद ढकालले घोषणासभा सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गरे भने नवनिर्वाचित अध्यक्ष भक्त बहादुर श्रेष्ठले कार्यक्रमका सहभागी सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका सचिव अरुण सापकोटा, कोषाध्यक्ष कुयाङ लामा, महासंघका सदस्यहरु कमल कार्की, पिवि पोखरेल तथा सुदिप न्यौपाने लगायत बागमती प्रदेशका १३ जिल्लाहरुका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सञ्चालन काठमाडौं मुद्रण उद्योग संघका अध्यक्ष घननारायण श्रेष्ठले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.