बर्नलीलाई हराउँदै युनाईटेड प्रिमियर लिगको शिर्ष स्थानमा
काठमाडौं, २९ पुस : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड शिर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा युनाइटेडले बर्नली १-० ले हरायो ।
युनाईटेडले बर्नलीलाई उसकै मैदानमा हराएको हो । युनाईटेडका लागि खेलको ७१औं मिनेटमा पोग्वाले गरेको गोलनै निर्णायक बन्यो । युनाईटेड १७ खेलमा ३६ अंक जोडेर शिर्ष स्थानमा पुगेको हो ।
बर्नली १६ अंक जोडेर १६ औं स्थानमा रहेको छ । समान १७ खेल खेलेको लिभरपुल दोस्रो स्थानमा झरेको छ । उसको ३३ अंक रहेको छ ।
गएराति नै भएकाे अर्को खेलमा उल्भ्सलाई एभर्टनले २-१ले हरायो । यस्तै गएराति नै भएको खेलमा सेफिल्ड युनाईटेडले न्युकासललाई १-० ले पराजित गरेको छ ।