थप ४३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ५ को मृत्यु

काठमाडौं, २८ पुस : पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ५ हजार ३०० नमुना परीक्षण गर्दा १७७ महिला र २५३ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ ।

उनीहरुमध्ये २ लाख ५९ हजार ३५८ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ५९ हजार ३५८ पुगेको छ ।

हाल देशभर ४ हजार ४०८ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २२८० जनाको होम आइसोलेसनमा छन् भने १५७ जनाको आईसीयू र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण पाँचजनाको मृत्यु भएको छ ।

योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १९ सय ३२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: