राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव स‌ंसदमा पेस

काठमाडौं, २८ पुस : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने प्रस्ताव संसदमा पेस गरिएको छ । ‘दंगालाई प्रोत्साहन गरेको’ आरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध डेमोक्रेटिक पार्टीले अमेरिकी संसदमा महाभियोग प्रस्ताव पेस गरेको हो ।

कार्यकाल सकिने केही दिनमात्र बाँकी रहेको बेला उनीमाथि महाअभियोग मुद्दा लगाईको हो । ट्रम्प एउटै कार्यकालमा दोस्रोपटक महाअभियोगको मुद्दा व्यहोर्ने अमेरिकी राष्ट्रपति बेनका छन् ।

डेमोक्रेटि सांसदहरुले तल्लो सदनमा सोमबार उनीमाथि गत साता क्यापिटल हिलमाथि भएको भयानक हमलाको आधारमा महाअभियोगको मुद्दा दायर गरेका हुन् । यो प्रस्तावमाथि यही साताको अन्त्यतिर मतदान हुने सीएनएनले जनाएको छ ।

डेमोक्रेट्सहरुले ट्रम्पलाई सत्ताबाटै बर्खास्त गर्ने गरी संशोधनका लागि उपराष्ट्रपति माइक पेन्ससँग आग्रह गरे पनि रिपब्लिकनहरुले यसलाई अस्वीकार गरेका थिए ।​ महाअभियोग प्रस्तावमा ट्रम्पको लगातारको चुनाव जितेको दाबी र गत जनवरी ६ को भिडमा गरेको भाषणको सन्दर्भ उल्लेख छ ।

क्यापिटल हिलमा जो बाइडेनको जितलाई औपचारिकता दिन संसद बैठक चलिरहेका बेला ट्रम्पका समर्थकले आक्रमण गरेका थिए । जुन घटनामा ५ जनाको मृत्यु भएको छ ।

हिंसालाई प्रोत्साहन गरेकाे भन्दै सामाजिक सञ्जाल ट्वीटर, फेसबुक र इन्स्टाग्रामले ट्रम्पको अकाउन्ट बन्द गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: