लालबन्दी नगरपालिकामा प्रतिगमन विरुद्ध संघर्ष समिति गठन
राजेश थापा । सर्लाही, २७ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिकको विरुद्धमा गाउँगाउँबाट संघर्ष गरिने भन्दै गाउँगाउँमा संघर्ष समिती निर्माण गरिएको छ ।
लालबन्दी १५ र १६ परवानीपुरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला अध्यक्ष क. रेवती पन्त, १ नम्बर क्षेत्रका संघर्ष समितिका संयोजक क. लोचन र १५ र १६ वडाधक्ष्य क. गोरख बल र गणेश थापाको उपस्तिथिमा दुबै वडामा १०१ जना सदस्यहरुको संघर्षस समिती निर्माण गरिएको छ ।
वडा नम्बर १५ मा चन्द्द्र वाइबा, सहसंयोजक हेम कार्की र सचिब रामहरी रेग्मी मगर सहितको १०१ जना र वडा नम्बर १६ मा संयोजक बुद्धि सुनुवार, सहसंयोजक जयराज गोले र सचिबमा इन्द्र आचार्य रहने गरि १०१ को संघर्ष समिती निर्माण गरिएको क्षेत्र नम्बर १ का संघर्ष समितिका संयोजक लुमडी धिमाल(लोचन) ले बताउनु भयो ।