अदालतले निर्णय गरे सबैले चुनावमा भाग लिन्छन् : देउवा

काठमाडौं, २५ पुस : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् प्रधानमन्त्री केपी ओलीको संसद् विघटनको निर्णय  संविधानविरोधी कदम भएको बताएका छन् ।

संसद विघटनको विरोधमा काठमाडौं ५ मा आयोजित प्रदर्शनलाईको भेलामा सम्बोधन गर्दै देउवाले सर्वोच्च अदालतमा विचाराधीन रहेको यस मुद्दामा जुलुस निकालेर यो गर, ऊ गर भन्न नहुने पनि बताए ।

उनले भने,’ अदालतमा विचाराधीन रहेको मुद्दामा जुलुस निकालेर यो गर र ऊ गर भन्नु सान्दर्भिक हुँदैन हामी सबैले अदालतको निर्णय पर्खिनुपर्छ’ उनले थपे, ‘कांग्रेसले अदालतको जस्तोसुकै निर्णय मान्छ ।’

अहिले विभिन्न राजनीतिक दलहरूले सभा र जुलुस गरेर संसद् विघटनको विरोध गरे पनि अदालतले सरकारको निर्वाचनमै जानुपर्ने निर्णयलाई सदर गरेमा सबैले चुनावमा भाग लिने पनि सभापति देउवाले विश्वास व्‍यक्त गरे ।

तर अदालतले संसद् विघटनलाई सदर गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्नेमा धेरैलाई शंका रहेको उनले पनि उनले बताए ।

तर प्रधानमन्त्री ओलीले धनगढीमा गएर निर्वाचन गराउँछु भनेकाले आश गर्नुपर्ने देउवाले बताए । ‘धनगढीमा पुगेर शुक्रबार मात्र ओलीले चुनाव गराउँछु भन्नुभएको छ । अदालतले चुनाव गराउने निर्णय गर्‍यो भने सबैले भाग लिन्छन्, प्रचण्डजीहरुले पनि भाग लिन्छन् ।’

तर ओलीले चुनाव गराएनन् भने सबै मिलेर सडकबाटै फाल्ने देउवाको चेतावनी थियो । उनले भने, ‘ ओलीले निर्वाचन गराएनन् भने सबै नेपाली एक भएर सडकबाटै हटाउन बाध्य हुनेछौँ । त्यसबेला उनलाई देशमा बस्न नै गाह्रो हुनेछ ।’

तर ओली आफैं चुनाव प्रचारमा गइसकेकाले ढिलो चाँडो चुनाव हुने उनले विश्वास व्यक्त गरे । ‘मलाई  विश्वास छ, प्रधानमन्त्री ओलीले चुनाव गराउनु हुनेछ,’ देउवाले भने, ‘प्रधानमन्त्री चै चुनाव प्रचारमा जाने अनि हामी चै चुप बस्ने भनेर हुँदैन। चुनाव भए चुनावमा जाने नभए भोलि आन्दोलनमा जानका लागि काम गर्ने हो।’

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.