लिभरपुल साउथह्याम्पटनसँग पराजित

काठमाडौं, २१ पुस : इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल पराजित भएको हो ।

सोमबार राति भएको खेलमा लिभरपुल साउथह्याम्पटनसँग १-० गोल अन्तरले पराजित भएको हो ।

ड्यानी इङ्सले निर्णायक गोल गरेपछि घरेलु मैदानमा साउथह्याम्पटनले लिभरपुलविरुद्ध जित हात पारेको हो ।

ड्यानीले खेलको दोस्रो मिनेटमै गोल गरेका थिए । जेम्स वार्डको फ्रिकिक पासमा ड्यानीले गरेको गोल खेलमा निर्णायक बन्यो ।

Image

बल पोजिसनमा एकतर्फी पकड जमाएपनि लिभरपुलले गोल गर्न सकेन । र, लिभरपुलले सिजनको दोस्रो हार व्यहोर्न पुग्यो ।

यस हारसँगै लिभरपुल शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउन असफल भएको छ ।

लिभरपुलले १७ खेलमा ३३ अंक जोडेको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडसँग अंक बराबर भएपनि लिभरपुल शीर्ष स्थानमा रहेको छ ।

साउथह्याम्पटन भने छैटौं स्थानमा उक्लिएको छ । साउथह्याम्पटनले १७ खेलमा २९ अंक जोडेको छ ।

योर्गन क्लपको टोलीले यो सिजन लिगमा ब्यहोरेको यो दोस्रो पराजय थियो । हारका बावजुद गोलअन्तरको आधारमा लिभरपुल लिगको शीर्ष स्थानमा कायम छ । तर, लिभरपुलले पछिल्ला खेलहरुबाट ९ अंक बटुल्न सक्नेमा मात्र २ अंक बटुलेको छ ।

यदी म्यान्चेस्टर युनाइटेड र म्यान्चेस्टर सिटीले आफ्ना बाँकी खेल जिते लिभरपुललाई शीर्ष स्थानमा उछिन्न सक्नेछ । १७ खेलबाट लिभरपुलको ३३ अंक रहेको छ भने १६ खेल खेलको युनाइटेडको ३३ र १५ खेल खेलेको सिटीको २९ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: